सरकार प्रदेशिको मन नेपालमा फर्किएको छ , केहि गर्ने वातावरण सृजना गरौ ? - NEB News , Attitude Caption & funny jokes

ads

सरकार प्रदेशिको मन नेपालमा फर्किएको छ , केहि गर्ने वातावरण सृजना गरौ ?






चितवन । यो समय नोक्सानी र महामारी को मात्र नभएर केही उत्पादनमूलक कार्य जरुरी छ ।नेपाल कृषि प्रधान देश हो तर हाम्रो अर्थतन्त्र पुर्ण रुपमा वैदेशिक विप्रेषणमा आश्रति छ । यो बेला विश्व जगत नै त्रशित भएको छ ।
अब विश्वमा नै महामारी मात्र नभै भोकमरी जस्तो जटिल अवस्था आउनसक्छ । त्यसको लागि कोरोना नियन्त्रण सँगसँगै कृषि तथा खाद्यान्न उत्पादनमा देशमा नै जोड दिउँ ताकी भोलि पर्सिको दिनमा विदेश सँग आश्रित भएर भोकभोकै मर्ने अवस्था नआओस, जसरी पहिले भारत ले नाकाबन्दी गर्दा जुन संकट नेपालमा देखा परेको थियो त्यो संकट भन्दा पनि बढी धारिलो संकट निम्तिन सक्छ ।
हामी सँधै विदेश सँग मात्र कति आश्रति रहने रु यो समय नोक्सानी को भन्दा पनि बढी लाभदायक बनाउन जरुरी छ । सरकारलाई पहिले पनि अवसर नआएको होइन जब भारत ले नाकाबन्दी गर्यो त्यो बेलाबाट नै अरुसँग आश्रित भएर जिउनु भनेको पाइला पाइलामा धोका खानु सरह नै हो भन्ने कुरा सरकार ले बुझ्नसकेन तर यस विषम परिस्थितिमा यस्तो कुरा गरिरहनु उचित तथा सान्दर्भिक त नहोला तर देश लाई ठूलो संकट खाद्यान्न बाट पनि आउन सक्छ तेसैले सबै मा सामाजिक दुरि कायम गर्दै आत्मनिर्भर गराउ नत्र भोकभोकै छट्पटाउन पर्ने स्थिति नआउला भन्न सकिँदैन ।
नेपालमा अहिलेको समयमा लगभग धेरैजसो जनताहरु साक्षर नै छन सामान्य हिसाब राख्न सक्ने नै छन । नेपालीहरु विदेश गएर जस्तो काम पनि गर्दछन भने देशमा गर्दैनन होला त अनि अवसरहरुको सिर्जना खोइ ? अहिले को स्थिति हेर्दा आवश्यकता भन्दा पनि बढी सेवासुबिधा, रमणियता, एसआराम खोजेको कारण ले धेरै पछि पर्दैछन यो अवस्था एक अवसर पनि हो र चुनौती पनि ।
धेरै नेपाली को मन देशमै फर्किसकेको छ अरुसँग आश्रित रहन हुँदैन देशले नै केही उत्पादन गरेर देशको आर्थिक अवस्था सँगसँगै अरु सँग आश्रित रहने यो अवस्था लाई उजागर गर्न पर्छ भन्ने चेतना भैसकेको छ । जस्तो कि भौतिक सुखसयल खोज्दै सहर छिरेका हरु पनि गाउँ घर फर्केर आफ्नो लगनशीलता देखाइरहेका छन । लगभग चेतनाको बिकास भैसकेको छ मान्छेहरुमा अहिले विश्व नै महामारीको अवस्थामा छ पुँजिवादी देश शक्तिशाली देश टाट पल्टिने अवस्था छ ।
नेपाली माटोमा फल्ने र फलाउन सकिने सम्पुर्ण खाद्य सामाग्री आयातमा कमि ल्याउँदै बन्द गर्नतर्फ लागौं सरकार १ अनि कुनैपनि खेतीयोग्य जमिन बाँझो बस्दैन र अनावश्यक पलटिङको काम बन्द हुनेछ । उत्पादनका लागि बाध्यकारी नियम बनेपछि सबैलाई चासो लाग्छ आ-आफ्नो खेती तिर पनि । यो लकडाउनलाई अझै २ महिनाको लागि घोषणा गर्देउ, अलपत्र परेकाहरुलाई उद्दार गर्देउ, खान नपाएकालाई उनिहरु ले उत्पादन नगरुन्जेलसम्मका लागि राहत को व्यवस्था गर्देउ, विदेशबाट आउन चाहनेहरुको लागि माहोल शान्त भएपछि क्वारेन्ट्नमा बस्ने व्यवस्था मिलाउ र सबै मा सामाजिक दुरि कायम गर्ने बाताबरण कानुन अनुसार निर्धारण गरौ ।
हामी नेपाली जनता लाई कहिले सास्ती ? हामिले गणतन्त्र भन्यौ, संघीयता भन्यौ, नयाँ संबिधान लेखेउ, समाज परिवर्तनका ठुला गफहरु जोत्यौ देश को समानुपातिक बिकासका लागि सात भाग मा काटेउ र सातै टुक्रा पिच्छे ठुले मन्त्रीहरु ठडायौ । तर आज मुलुकले संकटको सामना गर्नुपर्यो सबका सबको खोक्रो र ह्वाङै उदाँगिएको छ ।
प्रदेश प्रदेशमा ज्वाइँ जस्तो पालिएका छोटेमन्त्रीहरुले आफ्नो क्षेत्रमा जिम्मेवार भएर न काम गरेको देखियो न त केन्द्रिय सरकारले नै । धन्न लकडाउनको ढिलै भएपनि घोषणा गरेउ नत्र नेपालमा जस्तो धुलो कहिँपनि उड्ने थिएन होला सायद , अझ यसलाई कडाइका साथ लैजादै सम्पुर्ण नेपालीलाई आत्मनिर्भर हुन सिकाउ सबैले जय जयकार गर्नेछन ।
हामी युवाहरु कहिलेसम्म विदेशको मुख ताकेर बस्ने रुकहिले मिल्छ रोजगारी ? यो विषम परिस्थितिमा पनि बिचौलियाहरु मौकाको फाइदा लुटिरहेका छन ।
करोडौं को कमिसन हसुरेर यिनिहरुलाई न देशको माया छ न त जनता को स्वास्थ प्रती कुनै चिन्ता नै । कोरोना राहत कोषमा अर्बौ जम्मा भैसक्दा पनि गरिब को घर मा चुलो बल्न सकेको छैन । बिचरा केही जनप्रतिनिधिहरु आफ्नो लोकप्रियताको लागि वास्तविक पीडित पहिचान नगरी आफ्ना आसेपासेलाई राहत बाँडेको देख्दा कठै मन भक्कानिएर आउँछ । त्यो पैसा संकटका लागि जम्मा भएको होइन र ? खै कति गरिब ले राहत पाए रु धन्न २-४ जना निस्वार्थी सामाजिक अभियानता छन र केही गरिबको गाँस भरिएको छ ।
प्रिय सरकार कहिले सम्म बाटो हेरेर बस्नु कहिले सम्म सामाजिक अभियान्ताको मुख हेर्नू रु कहिले सम्म यो अवस्था रु कहिले हामी आत्मनिर्भर भएर अरुसँग परनिर्भर रहने ? के लकडाउनको समयमा विभिन्न अभावहरु झेल्दै रातारात आफ्नो परिवारसँग सँगै हुन आफ्नो घरको बाटो सोझाएका श्रमजीवी वर्गको व्यवस्थापन गर्न सकिन्न ? श्रमिक को उचित ब्यवस्थापन गरेर स्वास्थ चेकजाँच गर्दै घर सम्म पुर्याउने ब्यवस्था मिलाउ र खाद्यान्न उत्पादन मा बिशेष जोड दिउ ।
सन्तोष सापकोटा

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.