नेपाली नागरिक भन्छन्- ‘स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्छ’
काेराेना भाइरस अर्थात् कोभिड–१९ काे स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्छ नेपाली नागरिकहरुले बताएका छन् । शेयरकास्ट इनिसियटिभ नेपालले कोरोना भाइरससँग सम्बन्धी गरेकाे राष्ट्रिय सर्वेक्षणमा ६८.२ प्रतिशत नागरिकले ‘स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्छ’ भनेका छन् ।
‘तपाइकाे विचारमा याे लकडाउ कहिलेसम्म गरिरहनु पर्छ भन्ने लाग्छ ?’ भनेर साेधिएकाे प्रश्नमा सहभागीमध्ये ६८.२ प्रतिशतले अवस्था सामान्य नहुँदासम्मका लागि लकडाउन गर्नुपर्ने, ५.९ प्रतिशत अझै एक हप्ता लकडाउनको अवधि बढाउनु पर्ने, ५.५ प्रतिशतले २ हप्ता लकडाउन गर्नु पर्ने, १.७ प्रतिशतले ३ हप्ता गर्नु पर्ने, १.६ प्रतिशतले ४ हप्ता गर्नुपर्ने र ११.३ प्रतिशतले थाहा छैन भनेका छन् ।
‘कोरोना भाइरस महामारीबाट आफू र परिवारका सदस्यलाई कसरी सुरक्षित राख्ने भन्नेमा तपाइलाई थाहा छ ?’ भन्ने प्रश्नमा सर्वेक्षणमा सहभागीमध्ये ९८.६ प्रतिशले थाहा भएकाे बताएका छन् भने १.४ प्रतिशतले मात्रै थाहा नभएकाे बताएका छन् ।
त्यस्तै सर्वेक्षणमा ‘काराेनाबाट कसरी बच्ने ?’ भनेर अर्काे प्रश्न साेधिएकाे थियाे । उक्त प्रश्नमा सर्वेक्षणमा सहभागी ७५.१ प्रतिशतले मास्क लगाउने, ९० प्रतिशतले बेलाबेलामा साबुन-पानीले हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्ने, ३० प्रतिशतले हाछ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु वा कुहिनाले नाकमुख छाेप्नुपर्छ, ८६.३ प्रतिशत भीडभाडबाट टाढा रहुन पर्ने, १६.९ प्रतिशले पाेषिलाे खानेकुरा खानुपर्ने र २२.१ प्रतिशतले बिरामी, रूघाखाेकी लागेका व्यक्तिबाट टाढा रहेनु पर्ने बताएका छन् ।
सर्वेक्षणमा सोधिएको अर्को प्रश्न- ‘के तपाईंलाई आफू वा आफ्नो परिवारका सदस्यहरु कोरोना भाइरसको महामारीमा परिन्छ कि भन्ने डर लागेको छ?’ उक्त प्रश्नमा ६४.४ प्रतिशतले ‘डर लागेको छ’ र ३५.६ प्रतिशतले ‘डर लागेको छैन’ भनेर उत्तर दिएका छन् ।
त्यस्तै ‘काेराेनाका लक्षणहरू के-के हुन् ?’ भनेर साेधिएकाे प्रश्नमा ७४.४ प्रतिशतले रूघा, ८६. ४ प्रतिशतले खाेकी, ९१.९ प्रतिशतले १०४ डिग्री भन्दामाथि ज्वाराे, ४५.४ प्रतिशतले श्वास फेर्न गाह्राे हुने, ३७.१ प्रतिशतले टाउकाे दुख्ने र ३.४ प्रतिशतले थाहा नभएकाे बताएका छन् ।
सर्वेक्षणकाे क्रममा ‘तपाईंले कोरोना भाइरसको महामारीका बारेमा घर, छिमेक तथा समुदायमा के कस्ता कुरा सुन्नु भएको छ?’ भन्ने प्रश्नमा पनि साेधिएकाे थियाे । उक्त प्रश्नमा ३.७ प्रतिशतले भगवानकाे पुजा गरेमा निकाे हुने, १.५ प्रतिशले भाकल गरेमा निकाे हुने, ७.८ प्रतिशतले आँगन खनेर कोइला निकालेमा निको हुने, २.८ प्रतिशतले येशुको प्रार्थना गरे निको हुने, २.२ प्रतिशतले धामीकाेमा गएर पुजा गरे निकाे हुने, ४५.२ प्रतिशतले घरभित्रै बस्नुर्ने, ४५ प्रतिशतले साबुन-पानीले बारम्बार हात धुनुपर्ने र २५.४ प्रतिशतले थाहा नभएकाे बताएका छन् ।
काराेना भाइरस राेकथाम तथा नियन्त्रण वा फैलिन नदिनका लागि सरकारले गरेकाे प्रायास पनि धेरैले राम्राे बताएका छन् । ‘कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले हाल गरिरहेको प्रयासबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ?’ भन्ने प्रश्नमा ६२.८ प्रतिशतले सन्तुष्ट हरेकाे, ८.६ प्रतिशले एकदमै सन्तुष्ट रहेकाे , १४.२ प्रतिशतले ‘न सन्तुष्ट, न असन्तुष्ट’ रहेकाे, ९.४ प्रतिशतले असन्तुष्ट रहेकाे र २.९ प्रतिशतले एकदमै असन्तुष्ट रहेकाे बताएका छन् ।
सर्वेक्षणमा सोधिएको अर्को महत्वपूर्ण प्रश्न हाे – ‘तपाइकाे घर वरिपरी सरकारले घाेषणा गरेकाे बन्दाबन्दी या लकडाउनकाे कतिकाे पालना भएकाे छ?’ । उक्त प्रश्नमा ५६ प्रतिशतले पूर्णरूपमा पालना भएकाे , ३८.८० प्रतिशतले आंशिक रूपमा पालना भएकाे र १.८० प्रतिशतले कत्ति पनि पालना भएकाे छैन भनेका छन् ।

त्यस्तै सर्वेक्षणमा ‘लकडाउन सुरु हुनुभन्दा अघि तपाईंले आफ्नो घरपरिवारका लागि आवश्यक के–के सामग्री किन्नु भएको थियो?’ भनेर पनि प्रश्न गरिएकाे थियाे । उक्त प्रश्नमा अधिकांशले खाद्यान्न र तरकारीको जोहो गरेको बताएका छन् । सर्वेक्षणमा सहभागीमध्ये ५३ प्रतिशतले लकडाउन सुरु हुनुभन्दा अघि खाद्यान्न र तरकारी किनेको बताएका छन् ।
सर्वेक्षणमा सहभागीमध्ये ४३.६ प्रतिशतले लकडाउनअघि खासै तयारी नगरे, १७ प्रतिशतले लकडाउनअघि मास्क किनेको, २३.५ प्रतिशतले लकडाउनअघि साबुन किनेकाे, १६.९ प्रतिशत ग्यास किनेकाे, संख्या ७.१ प्रतिशतले स्यानिटाइजरको किनेकाे, संख्या ७.६ प्रतिशतले औषधि(प्राथमिक औषधि) किनेकाे र एक प्रतिशतले पञ्जा किने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्
No comments: