नेपालमा थप तीन जनामा कोरोना, संक्रमितको संख्या १२ पुग्यो - NEB News , Attitude Caption & funny jokes

ads

नेपालमा थप तीन जनामा कोरोना, संक्रमितको संख्या १२ पुग्यो



NAYAPAGE   का अनुसार
काठमाडौं, ३० चैत । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ ।
हेटौंडामा परीक्षण गरिएका नमुनामध्ये तीन जनामा कोरोना देखिएको बागमती प्रदेशका एक मन्त्रीले पुष्टि गरेका छन् ।




वीरगञ्जबाट ल्याइएका तीन जनाको नमुना हेटौंडा परीक्षण गर्दा पनि पोजिटिभ देखिएपछि काठमाडौं पठाइएको थियो । टेकुमा पनि पोजिटिभ नै आएको ती मन्त्रीले पुष्टि गरेका छन् ।
‘हामीले प्रदेशबाट सार्वजनिक गर्ने तयारी गरेका थियौं केन्द्र सरकारले स्वास्थ्य मन्त्रालयबाट सार्वजनिक गर्छौ भनेपछि शनिबार रोकियो’ उनले सुनाए । 

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको  थियाे । 
संक्रमण पुष्टि  भएका उनीहरू तीनै जना भारतीय नागरिक हुन् ।सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरू मध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीबाट आएका हुन् ।  उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।
लकडाउन खुलेपछि घर फर्कन भनी  १५ अप्रिलका लागि टिकट काटेका उनीहरू  घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेका थिए ।  

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.