प्रधानमन्त्रीको भिडियो सन्देशः महामारीलाई परास्त गर्न सुरक्षित रुपले घरमै बस्न आग्रह

saurahaonline का अनुसार
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गगर्नुभएको छ । नयाँ वर्ष २०७७ लाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गर्नुभएको छ ।
उहाँले विश्वमै मानिस जातिलाई दुःख दिएको कोरोना भारसविरुद्धको लडाइँमा सम्पूर्ण नेपाली एक हुन आग्रह गर्नुभएको हो। उहाँले यस्तो बेला सबैले आ–आफ्नो स्थानबाट महामारीलाई परास्त गर्न सुरक्षितरुपले घरमै बस्न आग्रह गर्नुभएको छ।
‘पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो। तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं’ उहाँले सन्देशमा भन्नुभएको छ ।
No comments: