भारतबाट फर्किएका नेपालीमा कोरोना भेटियो, नेपालमा संक्रमित सख्या ७ पुग्यो
![]() |
नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले जानकारी दिए । चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीनपटक गरिन्छ । पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।
नेपालमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो । त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा काेराेना संक्रमण भेटिएकाे भाेलिपल्ट भारतबाट आएका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।
नेपालमा संक्रमण भेटिएका कुल ७ जनामध्ये १ जना निको भएर फर्किसकेका छन् भने अन्य ६ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म विदेशबाट आएकाहरुमा मात्र कोरोना संक्रमण देखिएको छ । उनीहरको आसपासमा रहेका र उनीको सम्पर्कमा रहेका अरु मानिसहरुलाई कोरोना संक्रमण देखिएको छैन । कोरोनाको संक्रमण देखिन १० देखि १५ दिन लाग्ने हुनाले अरुमा कोरोना नै सरेको छैन भनेर भन्न नसकिने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा र एक गाउँबाट अर्को गाउँमा कोरोना फैलिन थाल्यो भने त्यस्ले ठूलो महामारी ल्याउने जानकारहरु बताउँछन् ।

No comments: