कोरोना संक्रमित महिलासँगै बसमा आएका १६ जनालाई राखियो क्वारेन्टाइनमा - NEB News , Attitude Caption & funny jokes

ads

कोरोना संक्रमित महिलासँगै बसमा आएका १६ जनालाई राखियो क्वारेन्टाइनमा


सुदूरपश्चिममा वन अतिक्रमण तीव्र


NAYAPAGE   का अनुसार

कैलाली, १ बैसाख । कैलालीको लम्की चुहा नगरपालिका–१ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी तीब्र पारिएको छ ।
कोरोना संक्रमण देखिएकी महिलाको सम्पर्कमा आएका परिवारका १६ जनालाई क्वारेन्टाइनमा राखिसकेको कैलाली प्रहरीले जानकारी दिएको छ ।


‘चैत्र १७ गते वीरगञ्जबाट बसमा उनीसँगै ३४ जना आएको भन्ने कुरा आएको छ । उनीहरु सबैको खोजी थालिसकेका छौं,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएस्पी दक्षकुमार बस्नेतले भने, ‘बस नम्बर र ३४ जना यात्रुको खोजी गरिरहेका छौं भेट्टाउना साथ सबैलाई क्वारेन्टाइनमा राख्छौ ।’
यसैबीच लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले महिलासहित उनकै नाता पर्ने काका, भतिजा, नाती, नातिनालगायत १७ जनाको टोलीसँगै आएको जानकारी दिए ।
‘उनीहरुमध्ये महिलालाई सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा पठाइसकेका छौं भने १६ जनालाई लम्की क्वारेन्टाइनमा राखेका छौ’ उनले सुनाए । अन्य १७ जना कुन ठाउँका हुन् भन्ने थाहा नभएको तर, खोजी शुरु भइसकेको उनले बताएका छन् ।
केही दिन पहिला काठमाडौंबाट आएको तालिम प्राप्त टोलीले महिलालाई र्‍यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । नेगेटिभ देखाएपछि उनी लगायत अन्यलाई पनि घर पठाइएको नगर प्रमुख बजगाईले बताए ।
पछि पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बजगाईले बताए । योसँगै नेपालमा कैलाली जिल्ला सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला बनेको छ । हालसम्म नेपालमा संक्रमितको संख्या १३ पुगेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.