प्रमुखप्रशासनसमाचार लकडाउनको मौंका छोपेर चिटिक्क पारियो राजधानीका सडक - NEB News , Attitude Caption & funny jokes

ads

प्रमुखप्रशासनसमाचार लकडाउनको मौंका छोपेर चिटिक्क पारियो राजधानीका सडक




edev news का अनुसार


लक डाउनका कारण सर्वसाधरणको जनजीवन कष्टकर बनेको छ । तर यही समयमा राजधानीको सडक चिटिक्क बनाइएको छ । लकडाउनको सदुपयोग गर्दै सडक विभागले काठमाडौंका विभिन्न सडकमा मार्किङको काम सुरु गरेको हो । सडक डिभिजन कार्यालय, काठमाडौंले लक डाउनको सदुपयोग गर्दै काठमाडौंका ५५ किमी सडकको कालोपत्रेदेखि रंगरोगनको काम फत्ते गरेको छ । अझैं २५ किमी कालोपत्रे गर्ने योजना छ ।
विभागका महानिर्देशक केशवकुमार शर्माले भने, कालोपत्रे भएकामध्ये अधिकांश सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम अन्तिम चरणमा पुगेको छ । सडकमा जेब्रा क्रस, सेन्ट्रल लाइन बनाउनेलगायतका काम गरेपछि सडक सफा देखिएका छन्। चक्रपथलगायत काठमाडौंका मुख्य सडकहरूमा कार्यालयले लक डाउन सुरू हुनासाथ रंगरोगन गर्ने काम थालेको थियो।



No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.