६ महिने बालिकामा कोरोना संक्रमण, भेन्टिलेटरमा राखिएको तस्बिरले दुनियाँ स्तब्ध। - NEB News , Attitude Caption & funny jokes

ads

६ महिने बालिकामा कोरोना संक्रमण, भेन्टिलेटरमा राखिएको तस्बिरले दुनियाँ स्तब्ध।

Heartbreaking photos of six-month-old 'miracle baby' who survived ...


Namaste Dainik का आनुसार


एजेन्सी । बेलायतमा ६ महिने एक बालिका कोरोना संक्रमित भएको तस्बिरले दुनियाँ स्तब्ध बनाएको छ। अस्पतालको बेडमा पल्टिरहेकी उनको नाकबाट पाइप जोडेर अक्सिजन दिइएको छ तर उनी हाँसिरहेकी छिन्। अर्को तस्बिरमा उनलाई भेन्टिलेटरमा राखिएको छ र उनका चम्किला आँखाले तपाईंलाई नै हेरिरहेंझैं लाग्छ। यो तस्बिरले दुनियाँलाई स्तब्ध बनाइदिएको छ।
पहिलेदेखि नै मुटुको समस्यासँग लडिरहेकी बालिका अहिले कोरोनासँग लडिरहेकी छन्। बेलायतको एक अस्पतालमा बालिकाको उपचार चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अभिभावकको अनुमतिमा सञ्चारमाध्यमले उनका तस्बिर सार्वजनिक गरेका छन्।
बालिकाका तस्बिर अहिले संसारभर भाइरल बनेका छन्। बेलायतको डेलीमेलका अनुसार एरिन बेट्स नामकी बालिकालाई पहिले मुटुको समस्या थियो। सन् २०१९ को डिसेम्बरमा बालिकाको ओपन हार्ट सजरी गरिएको थियो। उनी बेलायतको म्यानचेस्टरकी बासिन्दा हुन्।
गत शुक्रबार बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनलाई लिभरपुलको एक बालबालिकाको अस्पतालको भेन्टिलेटरमा राखिएको छ। कोरोनाका कारण उनकी आमा एम्मा बेट्सलाई अस्पतालमा बस्ने अनुमति दिइएको छ। बाबु बेनी बेट्स भने घर फर्किनु परेको छ।
छोटो उमेरमै मुटुको सफल शल्यक्रिया भएकाले चिकित्सकले उनलाई मिराकल बेबी भनेर बोलाउने गर्छन्। एरिनलाई संक्रमण भएपछि उनका आमाबाबुले कोरोनाबाट आफ्ना बालबालिकालाई जोगाउन अपिल गरेका छन्।

1 comment:

  1. Vint Ceramic Art | TITNIA & TECHNOLOGY
    Explore an all poormansguidetocasinogambling new “Vint Ceramic Art” project on 토토 사이트 TITNIA & TECHNOLOGY. Our team gri-go.com of sculptors and artists have herzamanindir.com/ created new and titanium ring

    ReplyDelete

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.