जनतालाई पठाएको राहत जनप्रतिनिधिले नै चोरेपछि

kantipath.com का आनुसार
जब प्रविधिलाई ढाँट्न सकिन्न, तब चोरी वा डकैती जे गरे पनि, समाजको आँखा छलेँ भनेर क्षणभर मख्ख परे पनि, मानिस आफूले गरेको दुष्कर्मको फल भोग्न बाध्य हुन्छ, पारिन्छ । भ्रष्टाचारी हुन् या दुराचारी, उनीहरुले सिके हुन्छ कि, ईश्वरका आँखा छलेर दुष्कर्म गर्न सकिन्छ, तर प्रविधि वा विधिले एक न एकदिन उछितो काट्छ काट्छ ! जनताले नदेखे पनि ‘जनार्दन’ले देखेर लेखेर राख्दो रहेछ भनेर ! आजको युगमा जनार्दन भनेको प्रविधि हो तर जनता भनेको त निरीह प्राणी ! ‘फटाहा’ दर्ज भएका नेता नाउँका प्राणिहरुलाई हरेक पटक ‘ब्यालेट बक्स’मा भोट हालेर चुनेर पठाउने त्यस्तो जात हो जनता । आधुनिक कथित डेमोक्रेसीका परिभाषामा भन्नुपर्दा आफूमाथि आफैलाई शासनको छडीले चुट्न पठाउने निरीह प्राणी जनता हो !
जब प्रविधिलाई ढाँट्न सकिन्न, तब चोरी वा डकैती जे गरे पनि, समाजको आँखा छलेँ भनेर क्षणभर मख्ख परे पनि, मानिस आफूले गरेको दुष्कर्मको फल भोग्न बाध्य हुन्छ, पारिन्छ । भ्रष्टाचारी हुन् या दुराचारी, उनीहरुले सिके हुन्छ कि, ईश्वरका आँखा छलेर दुष्कर्म गर्न सकिन्छ, तर प्रविधि वा विधिले एक न एकदिन उछितो काट्छ काट्छ ! जनताले नदेखे पनि ‘जनार्दन’ले देखेर लेखेर राख्दो रहेछ भनेर ! आजको युगमा जनार्दन भनेको प्रविधि हो तर जनता भनेको त निरीह प्राणी ! ‘फटाहा’ दर्ज भएका नेता नाउँका प्राणिहरुलाई हरेक पटक ‘ब्यालेट बक्स’मा भोट हालेर चुनेर पठाउने त्यस्तो जात हो जनता । आधुनिक कथित डेमोक्रेसीका परिभाषामा भन्नुपर्दा आफूमाथि आफैलाई शासनको छडीले चुट्न पठाउने निरीह प्राणी जनता हो !
त्यस्तै भएको छ बूढानीलकण्ठ नगरपालिका वडा– ९ मा एउटा घटना । लकडाउनका कारण बिहान बेलुकी हातमुख जोहो गर्न कठिनाइ भोगेर घर फोर्न जाउँको चोर्न जाउँ जस्तो अवस्थामा रहेका वर्गलाई वितरण गर्न भनी नगरपालिकाको बजेटबाट किनिएको चामल जनताको भोट लिएर जितेका प्रतिनिधिले नै घरमा लगेर थन्क्याए ।
मस्ती गरेर खाने वर्गको त के कुरा ! शासन व्यवस्थाले नै पिल्सिरहेको मजदुर वर्ग, जसका नाउँमा राजनीतिक पार्टीहरुले राजनीति गर्छन्, तर उसैका नाउँमा छुटाइएको कतै राहत, कतै छात्रवृत्ति, कतै कोष, कतै छुट, सबै खाने काम हिजो आज कसले गर्छ त भन्दा नेताले ?
नेता चयन गरेको केका लागि रहेछ ? तिनै नेतालाई साध्ने हो भने दूधको साक्षी बिरालो बनाउन त रहेछ नि ! भन्ने जवाफ देलान् । त्यही हो आजको नेता ! जो लुच्चो, चोर, फटाहा, अनुहार देख्दा चिप्लो, भित्रभित्र रुखो र निर्मम । मानवताहीन, भ्रष्ट ! आज नेताको परिभाषा लगभग यस्तै बनाएका छन् यस्तै वडा सदस्यहरुले ।
‘चैत २८ गते शुक्रबार नयाँ कोलोनीस्थित बिजी ड्राइभिङ सेन्टरमा दिनभर राहात बाँडियो,’ राहत वितरणमा संलग्न सोही वडाका एक नेताले नाम नखोल्ने सर्तमा भने, ‘आफ्नो वडामा रहेका बिहान बेलुकी हातमुख जोर्न धौधौ परेका वर्गका मानिसहरुलाई हामीले राहात बाँढेर फर्कियौं । तर, भोलिपल्ट बिहान नहुँदै चामल चोरी भो भनेर स्थानीयहरु व्यापक हल्लाखल्ला गर्दै हिँडे । हामीलाई त मुख देखाउनै लाज पो भो !’
वितरण गर्ने बेलामा सबै नेताहरुले, स्थानीय उपभोक्ता हित अधिकार संरक्षणकर्मीहरुले भने ‘राहत वितरण गरेको फोटो खिच्ने र फेसबुकमा गरिब जनताको अपमान गर्ने काम चैँ नगरुँ है !’ मानव अधिकारका हिसाबले यो एकदम ठिक काइदा थियो । गरिबलाई ‘चाउचाउ’ दिने तर फोटो खिचेर अनुहार पुस्तिकामा छ्यापछ्याप्ती पारेर खुब समाजसेवी बन्नेहरुको होड नेपालमा पनि कमी छैन !
एक छाक चाउचाउ दिएर सयौं छाक के खाएर बस्छन् ती गरिबहरु भन्ने पनि ती कथित समाजसेवीहरु, राहत वितरकहरुलाई थाहै हुन्न । उनीहरुलाई फगत के थाह हुन्छ भने, ‘फेसबुकमा प्रचार !’ ताकि सदाबहादर समाजसेवी भइरहन पाइयो !
एक छाक चाउचाउ दिएर सयौं छाक के खाएर बस्छन् ती गरिबहरु भन्ने पनि ती कथित समाजसेवीहरु, राहत वितरकहरुलाई थाहै हुन्न । उनीहरुलाई फगत के थाह हुन्छ भने, ‘फेसबुकमा प्रचार !’ ताकि सदाबहादर समाजसेवी भइरहन पाइयो !
वडा– ९ का लागि निर्वाचित सदस्य । २० वर्ष पछि बल्लबल्ल भएको स्थानीय निर्वाचनमा जनतालाई न्याय गर्छु भनी भोट मागेर चुनिएर वडा सदस्य बनेका पर्शुराम कार्कीले २५ केजी प्याकेटको जिरा मसिनु ६ बोरा चामल सोही रात आफ्नो घरमा लगेर झारेछन् । उपभोक्ता समितिका एक सदस्यले बताए अनुसार जब रात पर्यो, वितरण गरेर बाँकी रहेको चामल वडा कार्यालयमा राख्न भनी पठाइयो । २५ केजीवाला ४४ बोरा चामल फिर्ता पठाइएको थियो । साथमा उग्रिएको दाल, तेल, साबुन र अन्य खाद्यपदार्थहरु पनि थियो ।
‘भोलिपल्ट बाँकी वितरण गर्नु पर्छ । आज वडा कार्यालयमै लगेर राखौं । सुरक्षित हुन्छ भनेर वडा सदस्यज्यूलाई जिम्म लगाइयो । सानो टाटा मोबाइल जस्तो गाडीमा हालेर लगेको त देखियो । सिसिटिभीका फुटेजले वडामा पनि झारेको देखायो । तर, बाँकी ६ बोरा पनि गाडीमा उल्टो लोड गरेको पनि देखियो । घरमा लगेर झारेको त स्थानीयले आफ्नै आँखाले देखेछन् । अनि त दूधको साक्षी बिरालो कहाँ उम्कन पायो र !’
त्यो राहतका लागि नगरपालिकाले निश्चित बजेट तय गरेको थियो । र, वडा प्रतिनिधहरुले फारम भरेर, परिचय खुल्ने कुनै वैधानिक कागजात सहित प्रमाणित गरेर मजदुर र अति विपन्न परिवार सदस्यहरुको नामावली तयार गरेका थिए । लगभग ८ सय मानिसहरुलाई राहत वितरण गर्ने लिस्ट तयार थियो । आफ्नो वडामा बसेको विदेशी भएपनि भोको बस्न नपरोस् भनी फारमबाट पुष्टि भएकाहरुलाई राहत वितरण गरिएको थियो । कुमारी प्रहरी बिट अनुसार चोरी पछि आँखैले देखेका स्थानीय र सिसिक्यामेराको फुटेजले प्रमाणित भएपछि भोलिपल्ट वडा सदस्य कार्कीमाथि स्पष्टीकरण सोधियो ।
बिचरा कार्की, भोलिपल्ट यस्तो हंगामा हुन्छ भन्नेसम्म मात्रै सोचेका थिए भने वडा कार्यालयमा झारिसकेको त्यो चामल आफ्नो घरमा लगेर कुदिनको कलंक बन्न किन चाहन्थे होला र ? एक सदस्यले भने, ‘पहिले त कार्कीजीले स्वीकार गर्नु भएन । तर प्रविधिले आँखै अगाडि नंग्याइदिएपछि कसको के लग्थ्यो र ! उनले स्वीकार गरे तर फिर्ता गर्ने कुरो गरेनन् । किन लगिएको सो पनि बताएनन् ।’
त्यसपछि के भयो त ?
‘कथा यसरी नै अघि बढ्दै गयो । हामीलाई त आफैसित राहत बाँडिरहेको साथीले बेलुकी यसरी बदमासी गर्ला जस्तो लागिरहेको थिएन । यो सबै कथा जस्तो, फिलिम जस्तै लागिरहेको थियो । तर, उनले माफी चै मागे है ।’
राहत बाँढ्नका लागि ३ तहका फरक फरक कुपन व्यवस्था थियो । परिवार संख्या, उसको अवस्था र हैसियतका आधारमा ५ किलोदेखि १५ र २५ किलोसम्म चामल, त्यस्तै गरी एक किलो दाल, एक पाकेट तेल र एउटा साबुनदेखि लिएर २ किलोसम्म दाल, २ लिटरसम्म तेल, नुन र साबुन वितरण गरिएको थियो । पहिलो दिन करिब २५५ जनालाई राहत वितरण गरिएको थियो । बाँकी बसेको भोलिपल्ट बाँड्ने कुरा थियो ।
निर्माण मिडियाले जिज्ञासा गर्दै वडाध्यक्ष राजेन्द्र सापकोटालाई ‘चामल चोरीमा संलग्नलाई कारबाही गरिन्छ कि उन्मुक्ति दिइँदै छ ?’ भनी सोधेको थियो । वडाध्यक्ष सापकोटाले घटनामा संलग्न उपर २ वटा उजुरी परेको र वडा कार्यालयले पनि कारबाहीका लागि नगरपालिका समक्ष सिफारिस दिने तयारी गरिरहेको बताए ।
उनले भने, ‘निवेदन नै परेपछि स्पष्टीकरणले मात्रै काम नचल्ने भो । जनताका आँखामा गल्ती देखिए पछि सच्याउनै त परो । हामी नगरपालिकालाई कारबाहीका लागि सिफारिस गर्छौं । नगरपालिकाले जे गर्न उचित ठान्छ त्यही त गर्ला ।’ स्थानीय नेता राम देवकोटाले पनि जनताका आँखा अगाडि सिसिक्यामेरा फुटेजमै स्पष्ट देखिएपछि आफूहरुलाई लाज जोगाउन गारो भएको र पार्टीको इज्जत बचाउन पनि दोषीलाई कारबाही गरिनु पर्ने पक्षमा आफू रहेको बताए । उनले भने, ‘गल्ती गर्न हुँदैनथ्यो । गल्ती भएको छोपिएको पनि छैन । उदांगै भइसकेपछि त कसको के लाग्छ र ?’
चामल चोरीमा संलग्न वडा सदस्य कार्की बीचमा र दायाँबायाँ बिजी ड्राइभिङ सेन्टरमा वितरणका लागि राखिएको चामल ! भोलिपल्टै वडा कार्यालयमा केरकार गर्दा अब आइन्दा यस्तो कमजोरी नगर्ने भनी वडा सदस्य कार्कीले भनेपनि थप किटानी सहित निवेदनहरु पर्न थालेपछि, स्थानीयहरुले दबाब बढाउन थालेपछि पार्टीभित्रैबाट कारबाहीका लागि दबाब बढेपछि कारबाहीको विकल्प नरहेको देवकोटाले बताए ।
केही स्थानीयले चाहिँ चामल चोरीमा संलग्न वडा सदस्य कार्कीको चरित्र यस्तै रहेको आरोप लगाएका छन् । केही समय अघि स्थानीय उपभोक्ता टोलसुधार समितिहरुमा काम गर्दा पनि वडा सदस्य कार्कीले आर्थिक हिनामिना गर्ने गर्दथे ।
‘उनको आर्थिक मामिला भने जहिले पनि प्रश्न उठ्ने भइनै रह्यो,’ नाम नबताउने सर्तका ती सदस्यले थपे, ‘उनको पनि घैटो भरिएर आयो । जसले पनि सीमाभित्र बस्नु पर्छ भनेको यही हो ।’ यसबारे जानकारी लिन आरोपी वडा सदस्य कार्कीलाई पटक पटक फोन सम्पर्क गर्दा रेस्पोन्स नभएपछि उनको आफ्नै भनाइ यहाँ राख्न पाइएन । यद्यपि उनले आफूमाथि कारबाही नगर्न अनुरोध गरेका छन् । उनले चामल लानुको उद्देश्य पनि नभनेपछि र फिर्ता पनि नगरेपछि कारबाहीका लागि चौतर्फी दबाब परिरहेको एक वडा सदस्यले बताए ।
यतिबेला वडा कार्यालय र स्थानीय प्रहरीका हातमा उक्त सिसिटिभी फुटेजहरु छन् । प्रहरी स्रोत अनुसार यतिबेला नेकपाको भित्री राजनीतिक ध्रुवीकरणले गर्दा पनि कारबाही गर्ने र नगर्ने भन्नेबीच द्वन्द्व चुलिएको छ ।
‘दुई बाम एक भएपछि शीर्ष नेताहरुबाटै चुलिएको संघर्ष स्थानीय तहमा पनि देखिएको छ । संस्थापन पक्षलाई जसरी पनि सक्नुपर्ने योजनामा रहेका अरु दुई खेमाहरु हातै धोएर उनीविरुद्ध लागेको पाइयो,’ प्रशासन संयन्त्रको एक उच्च स्रोतले भन्यो । निर्माणसंचारबाट साभार !
No comments: