थप ३ कोरोना संक्रमित भेटिएपछि सुदुरपश्चिममा कर्फ्यु लगाउने तयारी - NEB News , Attitude Caption & funny jokes

ads

थप ३ कोरोना संक्रमित भेटिएपछि सुदुरपश्चिममा कर्फ्यु लगाउने तयारी




विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या ९ पुगेको छ । शनिवार मात्र नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ कोरोना संक्रमित २ जना व्यक्ति भारतबाट आएका हुन् ।
संक्रमित व्यक्तिमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष रहेका छन् । त्यस्तै अर्का व्यक्ति कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)मा कोरोना संक्रमणको पुष्टी भएको हो ।
सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित देखिएपछि प्रदेश सरकारले कर्फ्यु लगाउने तयारी गरेको छ । स्रोतका अनुसार प्रदेश सरकारले सबै प्रशासन कार्यालयहरुलाई कर्फ्यु आदेश जारी गर्न निर्देशन दिन लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.