कैलालीमा क्वारेन्टाइनमा बसेकी महिलामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो - NEB News , Attitude Caption & funny jokes

ads

कैलालीमा क्वारेन्टाइनमा बसेकी महिलामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो






NAYAPAGE   का अनुसार
कैलाली, १ बैसाख ।
 कैलालीकी एक महिलामा कोरोना (कोभिड–१९) भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
कैलालीको लम्की–चुहाकी एक ६५ वर्षीय महिलामा कोरोना संक्रमण भएको हो । एक ६५ वर्षीय महिलामा संक्रमण पुष्टि भएको जानकारी आइसकेको छ एक डाक्टरले जानकारी दिए । उनी भन्छन्, ‘औपचारिक रुपमा सार्वजनिक जानकारी दिने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पत्रकार सम्मेलनमा गर्नेछ ।’






लम्कि–चुहा नगरपालिका बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलामा संक्रमण देखिएको हो । सो क्वारेन्टाइनमा भारतलगायत बिभिन्न ठाउँबाट आएका ५२ जना छन् । अहिले सक्रमितलाइ सेती प्रादेशिक अस्पताल लगिएको छ ।
उनले संक्रमितको संख्यामा एक जना वृद्धि भएको बताएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।
आइतबार वीरगञ्जमा तीन भारतीय नागरिकलाई कोरोना संक्रमण देखिएपछि देशभर संक्रमितको संख्या १२ पुगेको थियो । पहिलेदेखि नै धनगढीमा चार जना तथा बाग्लुङ र काठमाडौंमा २–२ जना उपचाररत छन् भने एक जना संक्रमित निको भइसकेका छन् 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.