लकडाउन फेरि एक साता लम्बिने

- kathmandu today का आनुसार
काठमाण्डु, २ वैशाख–सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनको अवधि चौथोपटक फेरि लम्ब्याउने तयारी गरेको छ ।
कोभिड–१९ का नयाँ संक्रमित थपिएसँगै जोखमि बढेपछि सरकारले पुनः लकडाउन अवधि लम्ब्याउन लागेको हो ।
आजै बस्ने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउन लम्बयाउन मन्त्रिपिरषलमा सिफारिस गर्ने समितिका सदस्य एवं बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए । मन्त्री भट्टका अनुसार अब एक साता लकडाउन लम्ब्याउने तयारी छ ।
काठमाण्डुमा विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ संक्रमित फेला परेसँगै सरकारले पहिलोपटक गत ११ देखि १८ चैतसम्म लकडाउन घोषणा गरेको थियो ।
तर, थप संक्रमित बढेसँगै लकडाउन लम्बिएको हो । तेश्रोपटक थप गरिएको लकडाउन अवधि भोलि (बुधबार) सकिँदैछ ।
सोमबार मात्र रौतहटमा एक र कैलालीमा एक जना संक्रमित फेला परेका थिए । सरकारले संक्रमित देखिन क्रम नरोकिएकाले कोरोनाविरुद्ध जुध्न लकडाउन बाहेक अरु विकल्प नरहेको स्पष्ट गरेको छ ।
No comments: