नेपाल टेलिभिजनका दृश्य सम्पादक कोइरालाको निधन - NEB News , Attitude Caption & funny jokes

ads

नेपाल टेलिभिजनका दृश्य सम्पादक कोइरालाको निधन




saurahaonline का अनुसार


काठमाडौं : नेपाल टेलिभिजनका दृश्य सम्पादक सतीश कोइरालाको क्यान्सर रोगबाट भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा नयाँ दिल्लीमा शुक्रबार निधन भएको छ । विसं २०६० देखि नेपाल टेलिभिजनमा दृश्य सम्पादकका रुपमा कार्यरत कोइरालाले एनटिभी न्यूज च्यानलमा समाचार र ‘विश्वघटना’, ‘स्पोर्टस टाइम’ जस्ता कार्यक्रमको सम्पादन गर्दै आउनुभएको थियो । उहाँ ३७ वर्षको हुनुहुन्थ्यो ।


गत वर्ष नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित स्व वीरेन्द्र कार्की उत्कृष्ट दृश्य सम्पादक पुरस्कार प्राप्त गर्नुभएका उहाँ महासङ्घका केन्द्रीय प्रतिनिधि हुनुहुन्थ्यो । बङ्गलादेशस्थित ढाका विश्वविद्यालय तथा नर्वेको ओस्लो विश्वविद्यालयबाट सञ्चारसम्बन्धी विषयमा स्नातकोत्तर गर्नुभएका कोइराला दक्षिण अफ्रिकाको विश्वविद्यालयबाट विद्यावारिधि गर्दै हुनुहुन्थ्यो । आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको नेपाल टेलिभिजनले जनाएको छ । स्व कोइरालाकी धर्मपत्नी बाटिका राणा नेपाल टेलिभिजनमा दृश्य सम्पादककै जिम्मेवारीमा हुनुहुन्छ ।






No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.