काठमाण्डु खोलेर अन्यत्र लकडाउन लम्ब्याउनेबारे छलफल !

- kathmandu today का आनुसार
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लगाइँदै आएको लकडाउन फेरि एकपटक लम्ब्याइने भएको छ ।
सरकारले तेश्रोपटक घोषणा गरेको लकडाउन मिति आगामी ३ वैशाखमा सकिँदैछ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसमा सरकारले लकडाउन अवधि थप गर्दै आएको छ । समितिले केही दिनमै फेरि लकडाउन लम्ब्याउन मन्त्रिपरिषमा सुझाव दिने तयारी गरेको समिति सदस्यसमेत रहेका एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार मिछेकी भारतमा कोभिड–१९ को महामारी तीव्र गतिमा फैलिएकाले त्यसको प्रभाव नेपालमा पर्न सक्ने आंकलनका साथ सरकारले लकडाउन अवधि पथ गर्न लागेको हो । सुरक्षा चेकजाँच नहुने खुला स्थान (दसगजा) बाट एकअर्का देशका नागरिक आवतजावत गर्ने भएकाले कोभिड–१९ को संक्रमणबाट नेपाल जोखिममा रहेको सरकारको बुझाइ छ ।
‘नेपालमा त्यति धेरै फैलिएको पाइएन’, ती मन्त्रीले काठमाण्डुटुडेसँग भने, ‘तर, भारतमा महामारी फैलिएकाले हामी चुप लागेर बस्ने अवस्था रहेन ।’ सरकारले विदेशबाट आएका नेपालीमा संक्रमण पुष्टि भएपछि ११ चैतदेखि १८ सम्म पहिलोपटक लकडाउन गरेको थियो । तर, थप संक्रमित देखिन थालेपछि क्रमशः १९ देखि २५ र २६ देखि ३ वैशाखसम्मका लागि लकडाउन घोषणा गरिएको हो ।
काठमाण्डु खोल्ने, अन्यत्र लकडाउन जारी राख्ने विकल्प !
यस्तै सरकारले लामो लकडाउनका कारण मुलुक सञ्चालनमा समस्या परिसकेकाले काठमाण्डु उपत्यका खुलै राखेर अन्यत्र मात्र लकडाउन गर्ने कि भन्नेबारे समेत गृहकार्य गरिरहेको बुझिएको छ ।
अब एकपटक लम्ब्याउने र त्यसपछि पनि प्रभाव कम देखिए काठमाण्डु खोल्ने तयारी रहेको उच्च स्रोतले जानकारी दियो । कोभिड–१९ को उदगमस्थल चीनको हुवेई प्रान्तमा लामो समय लकडाउन गरिए पनि राजधानी बेइजिङसहित कम प्रभाव भएका सहरहरु खोलिएको उदाहरण दिँदै एक मन्त्रीले त्यस्तो विकल्पमा समेत छलफल भइरहेको बताए । काठमाण्डु उपत्यकामा हालसम्म विदेशबाट आएकी एक युवतीमा कोभिड–१९ संक्रमण देखिएको थियो ।
तर, उनीबाट परिवारका सदस्य तथा उनको सम्पर्कमा आएका व्यक्तिहरुलाई संक्रमण भएको पाइएको छैन । त्यसैले काठमाण्डुमा समुदायस्तरमा कोरोना नफैलिइसकेको निस्कर्ष सरकारको छ । उपत्यकामा बाहिरबाट आउनेलाई कडाई गर्ने र दैनिश प्रशासकिन काम चलाउने कि भन्नेबारे अनौपचारिक छलफल भइरहेको उनले बताए ।
‘काठमाण्डु महामारीका हिसाबले देशभरकै सुरक्षित र कम प्रभाव भएको ठाउँ हो भन्ने सरकारको बुझाइ छ’, ती मन्त्रीले भने, ‘त्यसैले काठमाण्डुलाई खुलै राखेर मुलुक चलाउने र बाँकी ठाउँमा अझै केही समय लकडाउन जारी राख्ने कि भन्नेबारेमा अनौपचारिक तहमा छलफलहरु भइरहेका छन् ।’
यद्यपि हाल अनौपचारिक छलफल मात्र भएको र एक चरण हेरेपछि काठमाण्डु खोल्नेबारे औपचारिक छलफल हुने ती मन्त्रीले स्पष्ट गरे ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि समय काम रहेको तथा आगामी बजेटको तयारीको कामसमेत गर्नुपर्ने भएकाले पनि उपत्यकामा मात्र खोल्ने कि भन्नेबारे सरकारले उच्च तहमा सामान्य छलफल गरेको बुझिएको छ ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि समय काम रहेको तथा आगामी बजेटको तयारीको कामसमेत गर्नुपर्ने भएकाले पनि उपत्यकामा मात्र खोल्ने कि भन्नेबारे सरकारले उच्च तहमा सामान्य छलफल गरेको बुझिएको छ ।
Hoina yo nepal sarkar khe kam ta aafno bitcher le gar na ho k india ko paxi lagira janta laie dukha deya rako ho chunab ko bela aafna nagari laie ghar bolauni ani janata laie dhuka parda kan thunir basni sabie des bate aafno nagarik laie firta laija jati din korontine ma basipani aafai des ma basxou hami
ReplyDeleteHoina yo nepal sarkar khe kam ta aafno bitcher le gar na ho k india ko paxi lagira janta laie dukha deya rako ho chunab ko bela aafna nagari laie ghar bolauni ani janata laie dhuka parda kan thunir basni sabie des bate aafno nagarik laie firta laija jati din korontine ma basipani aafai des ma basxou hami
ReplyDelete