आज चार वटा अन्तर्राष्ट्रिय उडान हुँदै, बेलायत, जापान र कोरियाले आफ्ना नागरिक लैजाने - NEB News , Attitude Caption & funny jokes

ads

आज चार वटा अन्तर्राष्ट्रिय उडान हुँदै, बेलायत, जापान र कोरियाले आफ्ना नागरिक लैजाने








बेलायत र काेरियाले कोरोना भाइसर संक्रमणका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई शुक्रबार (आज) आफ्ना मुलुक लैजाने भएका छन्। बेलायतले शुक्रबार दिउँसो १ बजे टाइटन एयरमार्फत नेपालमा रोकिएका आफ्ना नागरिक लैजान लागेको हो
कोरोना भाइरस संक्रमणपछि नेपालले मुलुकभर लकडाउन घोषणा गरेपछि बेलायतलगायत मुलुकका नागरिक नेपालमा रोकिएका थिए। यसअघि अन्य मुलुकले नेपालबाट आफ्ना नागरिक लगिसकेका छन्। बेलायतले टाइटन एयरको एडब्ल्यूसी १०१ जहाजमार्फत आफ्ना नागरिक लैजान लागको हो।

यसैगरी शुक्रबार नै कोरियाले पनि नेपालमा अड्किएका आफ्ना नागरिक लैजाने भएको छ। आफ्ना नागरिक लिन कोरियन एयरलाइन्सको जहाज शुक्रबार दिउँसो तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने र साँझ पाँच बजे फिर्ता हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
यसैगरी जापानले पनि नेपालमा अड्किएर रहेका आफ्ना नागरिक आजै फिर्ता लैजाने भएको छ। जापानले नेपाल एयरलाईन्सको जहाजमार्फत नेपालमा रहेका आफ्नो नागरिक आजै लैजान लागेको हो।
यसैगरी नेपाल एयरलाईन्सको जहाज कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सामाग्री लिन चीनको ग्वान्जाओ जाने भएको छ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.