अब वैशाख ५ गतेसम्म लकडाउन ! - NEB News , Attitude Caption & funny jokes

ads

अब वैशाख ५ गतेसम्म लकडाउन !





सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गर्ने भएको छ ।

प्रधानमन्त्रीको सम्बोधन ...


कोरोनाका छैटौं संक्रमित फेला परेसँगै सरकारले लकडाउनको अवधि बढाउने भएको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो ।
तर, संक्रमितको संख्या थपिँदै गएपछि दोश्रोपटक गरिएको लकडाउन २५ चैतमा सकिँदैछ । बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा समेत मन्त्रहरुबीच अनौपचारिक रुपमा लकडाउन बढाउनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार वैशाख ५ गतेसम्मका लागि लकडाउनको अवधि बढाउन समितिले मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने छ । सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.